यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार चालिसेलाई

| 2020 Jul 03 | 08:28 pm 5033

काठमाडौं, असार १९ः नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको सम्बर्धनमा विशिष्ट योगदान पुर्याउने चालिसेलाई दिने पुरस्कारको राशि एक लाख २५ हजार रहेको छ ।

त्यसैगरी बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्याउने म्यान्मा निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ ।

यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ ।

आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.