यस्तो रहने छ आजको मौसम

| 2024 May 24 | 08:14 am 569

काठमाडौँ ११ जेठ / मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.