यस्तो छ सीसीएमसीको नयाँ निर्णय

| 2021 May 01 | 06:53 pm 625

काठमाडौँ बैशाख १८ : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठक बाट भएका विभिन्न निर्णयहरु आज शनिवार सार्बजनिक गरिएको छ ।

(सीसीएमसी) को बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका लगायत विभिन्न सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एकचौथाइ शाखाहरूमा एकचौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय पनि (सीसीएमसी)ले गरेको छ ।

कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग–व्यवसाय सञ्चालन गर्ने, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु गर्नेलगायत निर्णय सीसीएमसीको शुक्रबारको बैठकले गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.