यस्तो छ तपाईंको माघ ९ गते मंगलबारको राशिफल

| 2024 Jan 23 | 07:48 am 1341

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ ९ गते मंगलबार, ई.सं.२०२४ जनवरी २३, तिथि- पौष शुक्लपक्ष त्रयोदशी, आद्र्रा- नक्षत्र, ऐन्द्र- योग, कौलव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः५६, सूर्यास्त- १७ः३५ ।

मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कन्या : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

तुला : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.