यस्तो छ तपाईंको माघ ७ गते आइतबारको राशिफल

| 2024 Jan 21 | 07:47 am 477

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ ७ गते आइतबार, ई.सं.२०२४ जनवरी २१, तिथि- पौष शुक्लपक्ष एकादशी, रोहिणी- नक्षत्र, शुक्ल- योग, वणिज- करण, वृष- मेष, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३४ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।

तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

वृश्चिक : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.