यस्तो छ तपाईंको माघ २७ गते शनिबारको राशिफल

| 2024 Feb 10 | 08:42 am 325

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ २७ गते शनिबार, ई.सं.२०२४ फेब्रुअरी १० तिथि- माघ शुक्लपक्ष प्रतिपदा, धनिष्ठा- नक्षत्र, वरियान्- योग, किंस्तुघ्न- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः४८, सूर्यास्त- १७ः५० ।

मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्ने छ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.