यस्तो छ तपाईंको माघ २२ गते सोमबारको राशिफल

| 2024 Feb 05 | 07:35 am 429

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ २२ गते सोमबार, ई.सं.२०२४ फेब्रुअरी ५ तिथि- माघ कृष्णपक्ष दशमी, १२ः४० बजेपछि एकादशी, ज्येष्ठा- नक्षत्र, धु्रव- योग, भद्रा- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः५१, सूर्यास्त- १७ः४६ ।

मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

मिथुन : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

कर्कट : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

सिंंह : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागि हुने समय छ ।

तुला : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा सघाउ पुर्‍याउनेछन् ।

कुम्भ : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.