यस्तो छ तपाईंको माघ २० गते शनिबारको राशिफल

| 2024 Feb 03 | 08:55 am 137

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ २० गते शनिबार, ई.सं.२०२४ फेब्रुअरी ३ तिथि- माघ कृष्णपक्ष अष्टमी, १२ः३० बजेपछि नवमी, विशाखा- नक्षत्र, गण्ड- योग, कौलव-करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः५२, सूर्यास्त- १७ः४४ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

मिथुन : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ । (हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.