यस्तो छ तपाईंको माघ १ गते सोमबारको राशिफल

| 2024 Jan 15 | 08:31 am 349

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० माघ १ गते सोमबार, ई.सं.२०२४ जनवरी १५, तिथि- पौष शुक्लपक्ष चतुर्थी, ९ः४५ बजेपछि पञ्चमी, शतभिषा- नक्षत्र, व्यतीपात- योग, भद्रा- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२९ ।

मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

वृष : मेवा-मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ ।

मिथुन : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

तुला : मनमा निराशा र खिन्नताको प्रादुर्भाव हुनेछ ।

वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट सुुखद् खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.