यस्तो छ तपाईंको मंसिर ८ गते शुक्रबारको राशिफल

| 2023 Nov 24 | 07:04 am 645

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर ८ गते शुक्रबार, ई.सं.२०२३ नोभेम्बर २४, तिथि- कात्तिक शुक्लपक्ष द्वादशी, रेवती- नक्षत्र, सिद्धि- योग, वव- करण, चन्द्रराशि- मीन, सूर्योदय : ६ः३२, सूर्यास्त १७ः०७ ।

मेष : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।

सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।

कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कुम्भ : आश्वासन दिनेहरूबाटै धोका पाइनेछ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.