यस्तो छ तपाईंको मंसिर १८ गते सोमबारको राशिफल

| 2023 Dec 04 | 07:30 am 125

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर १८ गते सोमबार, ई.सं.२०२३ डिसेम्बर ४, तिथि- मार्ग कृष्णपक्ष सप्तमी, मघा- नक्षत्र, वैधृति- योग, भद्रा- करण, चन्द्रराशि- सिंह, सूर्योदय : ६ः४०, सूर्यास्त १७ः०६ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ

सिंह : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

कन्या : एक्लोपन र निराशाले सताउनेछ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.