यस्तो छ तपाईंको मंसिर १५ गते शुक्रबारको राशिफल

| 2023 Dec 01 | 07:13 am 825

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० मंसिर १५ गते शुक्रबार, ई.सं.२०२३ डिसेम्बर १, तिथि-मार्ग कृष्णपक्ष चतुर्थी, पुनर्वशु- नक्षत्र, शुक्ल-योग, वालव-करण, चन्द्रराशि-मिथुन, सूर्योदय : ६ः३८, सूर्यास्त १७ः०६ ।

मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : पूरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्ने छ ।

धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर ः आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.