यस्तो छ तपाईंको भदौ १ गते शुक्रबारको राशिफल

| 2023 Aug 18 | 06:58 am 7981

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ १ गते शुक्रबार, ई.सं. १८ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष द्वितीया, नक्षत्र- पूर्वफाल्गुनी, योग- शिव, करण- कौलव, चन्द्रराशि- सिंह, सूर्योदय ५ः ३६ सूर्यास्तः १८ः३८ ।

मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

तुला : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

वृश्चिक : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.