ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० फागुन २७ गते आइतबार, ई.स. २०२४ मार्च १०, तिथि- फाल्गुन कृष्णपक्ष औंशी, पूर्वभाद्रपदा- नक्षत्र, साध्य- योग, नाग- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः२१, सूर्यास्त- १८ः०९ ।
मेष : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।
वृष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
मिथुन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कर्कट : पराक्रम र उत्साहमा कमी आउनेछ ।
सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।
कन्या : आँटे ताकेका काममा सफलता मिल्नेछ ।
तुला : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।
वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
धनु : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।
(हिमालय टाइम्सबाट)