यस्तो छ तपाईंको फागुन २५ गते शुक्रबारको राशिफल

रिपोर्ट नेपाल | 2024 Mar 08 | 07:35 am 481

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन २५ गते शुक्रबार, ई.स. २०२४ मार्च ८, तिथि- फाल्गुन कृष्णपक्ष त्रयोदशी, श्रवण- नक्षत्र, ०८ः२९ बजेपछि धनिष्ठा, शिव- योग, गर- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२३, सूर्यास्त- १८ः०८ ।

मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.