यस्तो छ तपाईंको फागुन १ गते मंगलबारको राशिफल

| 2024 Feb 13 | 07:08 am 501

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन १ गते मंगलबार, ई.सं.२०२४ फेब्रुअरी १३ तिथि- माघ शुक्लपक्ष चतुर्थी, उत्तरभाद्रपदा- नक्षत्र, सिद्ध- योग, वणिज- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः४५, सूर्यास्त- १७ः५२ ।

मेष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

वृष : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

कन्या : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

तुला : मातापिता वा विशिष्ट व्यक्तिबाट महत्त्वपूर्ण सुझाव मिल्नेछ ।

वृश्चिक : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

धनु : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

मकर : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

कुम्भ : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मीन : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.