ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० कात्तिक २६ गते आइतबार, ई.सं. २०२३ नोभेम्बर १२, तिथि- कात्तिक कृष्णपक्ष चतुर्दशी, १४ः१४ बजेपछि औंशी, स्वाती- नक्षत्र, आयुष्मान्- योग, शकुनी- करण, चन्द्रराशि-तुला, सूर्योदय : ६ः२३, सूर्यास्त १७ः११ ।
मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
मिथुन : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
कर्कट : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
सिंंह : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
तुला : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा सघाउ पुर्याउनेछन् ।
कुम्भ : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
(हिमालय टाइम्सबाट)