यस्तो छ तपाईंको कात्तिक २४ गते शुक्रबारको राशिफल

| 2023 Nov 10 | 07:14 am 545

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० कात्तिक २४ गते शुक्रबार, ई.सं. १० नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष त्रयोदशी, नक्षत्र- हस्त, योग- विष्कम्भ, करण- तैतिल, चन्द्रराशि- कन्या, सूर्योदय ६ः२१, सूर्यास्तः १७ः१२ ।

मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.