यस्तो छ तपाईंको असोज २७ गते शनिबारको राशिफल

| 2023 Oct 14 | 07:20 am 2441

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज २७ गते शनिबार, ई.सं. १४ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष औंशी, नक्षत्र- हस्त, योग- ऐन्द्र, करण- चतुष्पद, चन्द्रराशि- कन्या, सूर्योदय ६ः०३ सूर्यास्तः १७ः३५ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

वृश्चिक : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

( हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.