यस्तो छ तपाईंको असोज १८ गते बिहीबारको राशिफल

| 2023 Oct 05 | 06:40 am 1045

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १८ गते बिहीबार, ई.सं. ५ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष षष्ठी, नक्षत्र- मृगशिरा, योग- व्यतिपात, करण- वणिज, चन्द्रराशि- वृष, सूर्योदय ५ः५९ सूर्यास्तः १७ः४४ ।

मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ

धनु : एक्लोपन र निराशाले सताउनेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

(हिमालयटाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.