यस्तो छ तपाईंको असार २५ गते सोमबारको राशिफल

| 2023 Jul 10 | 07:01 am 1669

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार २५ गते सोमबार, ई.सं. १० जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष अष्टमी, नक्षत्र- रेवती, योग- अतिगण्ड, करण- वालव, चन्द्रराशि- मीन, सूर्योदय ५ः १६, सूर्यास्तः १९ः०१ ।

मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउँलान् ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद् समाचारले उत्साह जगाउनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.