यस्ता पो मेयर, छिट्टै तमघास झिलिमिली हुने

| 2023 Oct 12 | 02:46 pm 10189

गुल्मी, असोज २५ । सदरमुकाम तमघास बजार‌को सडक चिटिक्क परे लगत्तै अब बजारको वरीपरी एघार किलोमिटर सडकमा सडक बत्ती र मास्टरलाइटले झिलिमिली बनाउने भएको छ ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीको अथक प्रयास पछि विद्युत प्राधिकरण र रेसुङ्गा नगरपालिकाको लागत साझेदारीमा एघार किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गरीने भएको हो। तमघास बजारलाई उज्यालो शहर बनाउने अभियान अर्न्तगत शहर उज्यालो कार्यक्रममा समावेश गरी सडक बत्ती तथा मास्ट लाइट‌को टेण्डर प्रकृया अघि बढाइएको छ ।

नगर‌पालिकाका प्रमुख पन्थीको उत्साह र उमंगका कारण रेसुङ्ग‌ाले एक पछि अर्को नमूना योग्य विकास पाइरहेको छ। यतिखेर कुनै समय पन्थीको उछितो काढ्नेहरुले पनि प्रशंसा गर्न लागेका छन। आफ्नो कार्यकालमा नमूना नगर बनाएर देश विदेशबाट पर्यटक भित्राउने लक्ष्य लिएका प्रमुख पन्थीको वितेको कार्यकाल समेत उदाहरणीय कार्य भएको स्थानीयवासी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.