यसरी जागृत हुँदैछ तरुण दल

रिपोर्ट नेपाल | 2018 May 30 | 11:10 am 4213

बागलुङ । युवा संगठनलाई सशक्त र जागृत बनाउने भन्दै तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ । तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले जनाएअनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन स्थानीय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिकामा जेठभित्रै संगठन विस्तार गरिने छ ।

स्थानीय तहअनुसार संगठन विस्तार गरिरहेको उल्लेख गर्दै उनले गाविसस्तरमा बनेका तरुण दलका कमिटीहरु अधिकांश निष्क्रिय अवस्थामा रहेकाले अब वडा तहसम्मै संगठनका सक्रिय कमिटी बन्ने जानकारी दिए ।

संगठन विस्तारसँगै सशक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ । जिल्लास्तरका नेताहरुको उपस्थितिमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमपनि चलाइएको छ ।

युवालाई सशक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.