म सतिसाल जस्तो कांग्रेस खोजी रहेछु

| 2021 Sep 05 | 06:00 pm 1917

–प्रा.डा ईश्वर चन्द्र घिमिरे
मैले
शहीदको रगत–कार्यकर्ताको कुर्वानी,
जनता जनार्दनको आशा र विश्वास पूरा गर्ने भरोसा योग्य,
आँधि हुरी र भुकम्पले हल्लाउन र दलाउन नसक्ने,
डढेलो बम वारुदको आगोले जलाउन नसक्ने,
स्थिर सदावहार हरियो अग्राख जस्तो
सतिसाल काँग्रेस खोजी रहेछु ।

किसानको पसिना पुछ्न सक्ने,
मजदुरको वेदनाबुझ्न सक्ने,
प्रविधिको सीप र वुद्धिजीविको सम्मान र कदर गर्न सक्ने,
पूर्खाको पौरख र सन्तानको नासो इतिहास र देश
बचाउन र वनाउन सक्ने,
गतिशिल स्वाभिमानी सतिसाल काँगे्रस खोजी रहेछु ।

उनको स्वार्थमा धक्कालाग्दा कराउने,
जनतालाई मर्का आपद् पर्दा हराउने,
चुनाव अघि केहीदिन कराउने, पछि हराउने,
चुनाव जितेर गएपछि नफर्किने,
उसको व्यवहार देख्दै चिलाउने र खोज्दा विलाउने हैन,
साँच्चै जनताको निम्ति कामगर्ने कर्म योगि
सदाचारी सहयोगी सति साल जस्तो काँगे्रस चाहिएको छ ।
यौन पिपासु चिन्तन गर्ने द्रव्य पिचास,
भ्रष्टाचारी गठवन्धन गरी परिवार नातागोतापोसेर दादागिरि गर्ने,

निहु खाज्ने, छलि कपटि षडयन्त्रकारी अन्तरघाती काँगे्रस हैन,
साँचिकै देश र जनतामुखी सतिसाल जस्तो काँगे्रस खोजिरहेछु
कसैले देखे भेटे र चिने वताइदिनुहोला
“जय नेपाल”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.