दाङ, असोज १५ः मोटरसाईकल चोरी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका १६ का २२ वर्षीय अज्ञात पन्थी रहेका छन् ।
उनलाई दांङ जिल्ला अदालतवाट २०७ कात्तिक १९ गते मोटरसाईकल चोरी मुद्दामा फैसला भई १ मिहना कैद र ३० हजार जरिवाना तोकेको थियो ।
फैसला पश्चात हाल सम्म फरार रहेका पन्थीलाई खोजतलास गर्दै जाँदा आज बिहीबार दिउँसो घोराही उपमहानगरपािलका ३ सर्रामा लिुकिछपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ गरी अभियुक्तलाई आजै सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको दाङ प्रहरीले जनाएको छ ।