मोटरसाईकल चोरी गर्ने ३ भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 26 | 11:27 am 1863

बारा, माघ १२ : मोटरसाइकल चोरी गरी भाग्दै गर्दा प्रहरीले तीन जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण थाना दारपा ग्राम पिपराका १९ वर्षिय रामनरेश प्रसाद कुशवाहा र दुई जना रहेका छन् ।

यही माघ १० गते वेलुका करिब ६ः३० बजेको समयमा जिल्ला बारा कलैया उपमहानगरपिलका वडा नम्बर–१ स्थितमा पार्किङ्ग गरी राखेको बा ५९ प ८७०९ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भारत तर्फ भाग्दै गर्दा पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला बारा सुवर्ण गाउँपालिका वडा नम्बर–७ बडकीफुलवरिया स्थित सडकमा प्रहरी चौकी बडकीफुलवरिया बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन् ।

उक्त चोरी भएको मोटरसाईकल सहित पक्राउ गरी चोरी मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान गरिरहको प्रहरीले जानकार दिए ।

पक्राउ मध्येका रामनरेश प्रसाद कुशवाहा गत असार २१ गते कलैया बजारबाट मोटरसाईकल चोरी गरेको कसुरमा पक्राउ परी चोरी मुद्दामा बारा जिल्ला अदालतको आदेशले ८०,००० धरौटी राख्न फैसला गरेका थिए ।

धरौटी राख्न नसकेकाले उनलाई पुर्पक्षको लागि कारागार कार्यालय वीरगंज पठाईएकोमा पछि निजले धरौटी रकम राखि हाल तारेखमा रहेका रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.