नुवाकोट, चैत १६: विदुर नगरपालिका–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बा ६३ प ५६३ नम्बरको मोटरसाइकल देवीघाटबाट बट्टारतर्फ आउँदै गर्दा दुर्घटना भएको बताइएको छ ।
गए राति दुर्घटनामा परेर गम्भीर घाइते भएका विनोदको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइलकमा सवार निमेश थामामगर भने दुर्घटनामा परी घाइते भएका छन् ।
उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल सडकदेखि १० मिटर तल पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।