मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 02 | 12:49 pm 3558

काठमाडौँ, असार १८ : उपत्यकामा केहि समयदेखि तिव्रगतिमा मोटरसाइकल कुदाएर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ । यसै क्रममा आज बिहानै पनि एकजनाले मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाउनु परेको छ ।

महानगरिय प्रहरी ट्राफिक महाशाखाका अनुसार काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीका अनुसार बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.