मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

रिपोर्ट नेपाल | 2019 May 28 | 05:15 pm 2095

भक्तपुर, जेठ १४ : मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरका विभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरीले मोटरसाइकल सहित ६ जनालाई मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको सुनापाती गाउँपालिका वडा नं. ६, घर भई हाल काठमाडौ बौद्ध बस्ने २९ वर्षको विजय मानन्धर, ओखलढुंगाको चम्पादेवी गाउँपालीका वडा नं. ५, फेदीगुठ घर भई हाल काठमाडौ जिल्ला बौद्ध जारपाटी बस्ने १९ वर्ष प्रविन बरुवाल रहेका छन् ।

त्यसैगरी ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. ३, सिस्नेरी बस्ने २७ वर्षको प्रेम बहादुर कटवाल, सुनकोशी गा.पा.वडा नं. २, कोटबेशी बस्ने २२ बर्षको भिजन कार्की पक्राउ परेका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. ९, घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने ३३ वर्षको सुरेश राई र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउले बस्ने ३१ बर्षको उमेश तामाङ रहको परिसर भक्तपुरले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.