सिन्धुपाल्चोक, साउन १५: जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर-१० को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट वडा कार्यालयको सम्पूर्ण महत्वपूर्ण कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिए । आगजनीबाट कार्यालयको कुर्सी, टेबुल, दराजलगायतका सामाग्री जलेर नष्ट भएको छ ।
प्रहरीले दिएकाे जानकारी अुनसार वडा कार्यालयको ढोकामा लगाएको ताल्चा काटिएको अबस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कार्यालयमा आगजनी भएको पुष्टि गरेको छ । प्रहरीले आगजनीका विषयमा अनुन्धान थालेको छ भने वडा कार्यालयको फलामे चेनगेट काटिएको छ भने उक्त चेन काट्न प्रयोग भएको ह्याक्सो ब्लेड पनि प्रहरीले बरामद गरेको छ ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार उक्त आगजनी बिहानीपख भएको हो । यद्यपि उक्त आगजनीमा सरकारद्वारा प्रतिवन्धित नेपाल कम्यूनिष्ट पार्टी विप्लव माओवादीमाथि शंका गरिएको छ । कार्यालयमाम आगो लगाएपछि र अघिको अवस्था हेर्दा जनयुद्धका बेला माओवादीले आगो लगाउने तरिकासँग मिल्दोजुल्दो रहेकाे प्रहरीले जनाए ।
त्यसैगरी नुवाकाेटकाे ककनी १ काे वडा कार्यालयमा पनि बम विस्फाेट गराएकाे प्रहरीले जनाएकाे छ । विस्तृत विवरण भने आउँन बाँकी रहेकाे छ ।
त्यस्तै राैतहटकाे चन्द्रपुर वडा नम्बर ३ वडा कार्यालयमा पनि अज्ञात समुहले आगजनी गरेकाे जानकारी प्राप्त भएकाे छ । महत्वपूर्ण समाग्री जल्नुका साथै २० लाख बराबरकाे क्षति भएकाे प्रहरीले बताए ।