काठमाडौं, साउन १७: शुक्रबार काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।
उक्त खानेपानीकाे पाइप सफा गर्दा मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय शिवकान्त साह, सुरेन्द्र साह रहेका महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा अक्सिजनको कमी भएर मृत्यु भएको डिएसपी राणाले बताए ।
उनीहरूलाई प्रहरीले बेहाेस भएकाे अवस्थामा उद्धार गरेको थियो । आधा घन्टाका प्रयासपछि उद्धार गर्दा बेहाेस अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो । उनीहरुलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत्यु भइसकेकाे जानकारी दिएका थिए ।
मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालिएको थियो।