काठमाडौँ फागुन १०: बर्षो देखि मेलम्चीको पानीको आशामा रहेका उपत्यकावासि निरास भईरहेकाबेला बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आज सोमबार देखि पानी भरेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।
झन्डै २ बर्षदेखि उपत्यकामा पानी आउने चर्चा चलेपनि बिबिध आरोह अबरोधका कारण परियोजनाले आफ्नो कार्य सफल गर्न सकेको थिएन। हालै निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै आज आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने जनाइएको छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गर्दा हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक एडीबी को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञको निरीक्षण र महत्वपूर्ण सुझावलाई समावेश गरी ८ महिनापछि पुनः परीक्षणका गर्न लागिएको अतैएको छ।
विगतमा अध्यनबिना सुरूङमा पानी हालेर दुर्घटना भएको भन्दै यसपटक बिगतमा जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले विशेष सतर्कता अपनाएको छ । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको पनि जनाइएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने आयोजनाले जनाएको छ ।