काठमाडौँ, आश्विन २२ / खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि मेलम्चीको पानी आजदेखि पुनबितरण सुरु गरिएको छ ।
खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भए बमोजिम आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।