मेरुदण्ड पक्षघात समूह नेपालको आठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न

| 2023 Aug 27 | 09:14 am 1985

काठमाडौं, ९ भदौ । मेरुदण्ड पक्षघात समूह नेपालको आठौं साधारण सभा तथा चौथो अधिबेशन खगेन्द्र नबजिवन केन्द्रको सभाहलमा सम्पन्न भएको छ।

मेरुदण्ड पक्षघात भएर काठमाडाैंमा रहनु भएका ब्यक्तिहरुद्वारा खोलिएको संस्था मेरुदण्ड पक्षघात समुह नेपालले संस्थाको स्थापनाकालदेखि नै मेरुदण्ड पक्षघात भएका विद्यार्थी भाइबहिनीहरुको शिक्षामा पर्ने असर लाई मध्यनजर राख्दै २०७२ सालदेखि देशका विभिन्न स्थानमा पढाईमा इच्छुक तर विद्यालयहरु अपाङ्गमैत्री नहुँदा शिक्षाबाट बन्चित भएका भाइबहिनी हरुलाई खान बस्नको ब्यबस्था गरी पढ्ने वाताबरण मिलाउदै आइरहेको छ र विभिन्न स्थानमा अपांगमैत्री पुर्वाधार निर्माणको लागि र मेरुदण्ड पक्षघात तथा अपाङ्गता भएका ब्यक्ती हरुको लागि सम्बन्धित निकायसँग पहल गर्दै आइरहेको छ ।

अहिले राष्ट्रब्यापी रुपमा मेरुदण्ड पक्षघात भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरी यस क्षेत्रको हकअधिकारको लागि सरकारसँग पैरबी गरिरहेको छ । कोभिड संक्रमणकालको समयमा सातवटै प्रदेशमा रहेका साथीहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आवश्यक औषधी वितरण गरेको छ।
आजको कार्यकम यसै संस्थाका अध्यक्ष ऋषिराम खनालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख श्रीमती सान्नानि लामाज्यु रहनु भएको थियो। अतिथीहरुमा SCI Network का सल्लाहकार तथा Spinal Injury Rehabilitation Centre का Medical Director डाक्टर राजु ढकाल ज्यु, Nepal Spinal Cord Injury Sports Association महासचिव दिलिप सापकोटाज्यु, SCI Network का कानुनी सल्लाहकार दिपकराज जोशीज्यु, SCI Network संघका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार बाबुराम मिश्र ज्यु, सल्लाहकारहरु कृष्ण खड्काज्यु, असोक मानन्धरज्यु, कोष विलास अधिकारीज्यु, तारा प्रसाद पाण्डेज्यु आजिवन सदस्यहरु तथा अन्य व्यक्तिहरू सहित ४० जना भन्दा बढीको सहभागिता रहेको थियो । उक्त भेलाले ११ सदस्यिय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
अध्यक्ष :- रिषिराम ढकाल
उपाध्यक्ष :- झरना राना
महासचिव :- केषब थापा
सचिब :- राजेन्द्र खनाल
कोषाध्यक्ष :- कृष्ण प्रसाद
सदस्य :- हिमाल अर्याल
,, :- राम बहादुर तामाङ
,, :- प्रकाश थापा
,, :- लक्ष्मी कुँवर
,, :- सँगिता माझी
,, :- निर्मला भन्डारी रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.