मेयर रेणु दाहाल जापान भ्रमणमा

रिपोर्ट नेपाल | 2023 Mar 08 | 02:58 pm 349

टाेकियाे, फागुन २४ः भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जापान भ्रमणमा आएकी छिन्।

नेपाल एयरलाइन्सको सिधा उडान मार्फत दाहाल ५ दिने जापान भ्रमणका क्रममा बुधवार नारिता विमानस्थल आइपुगेकी हुन्।

मेयर दाहाल भरतपुर महानगरपालिका र खानागावा प्रान्तको योकोसुका शहरबिच भगिनी सम्बन्ध कायम गर्ने समझदारीका लागि जापान आएको बताइएको छ।

दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली महामहित राजदूत दुर्गा बहादुर सुवेदी विमानस्थल पुगेका थिए।

यसै गरी नेकपा माओवादी केन्द्रको प्रवास सङ्गठन नेपाली जनप्रगतीशिल मञ्च जापानका अध्यक्ष भवानी पन्त, पूर्व अध्यक्ष हवलचन्द्र लामा, सङ्गठनका नेताहरू अरुण कुमार श्रेष्ठ, रामहरी पुडासैनी, बाबुराम भण्डारी, कालिका थापा तथा जापान भ्रमणमै रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’, एनआरएनए आईसिसि उपाध्यक्ष भुषण घिमिरे, एनआरएनए आईसिसि उपमहासचिव ओम गुरुगं लगायतले दाहाललाई विमानस्थलमा स्वागत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.