मेयर बालेन्द्रलाई पहिलो गासमै ढुंगा

रिपोर्ट नेपाल | 2022 Jun 06 | 11:15 am 2641

काठमाडौं, जेठ २३ः गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शानदारका साथ विजय हासिल गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पहिलो गासमै ढुंगा परेको छ ।

No description available.

निर्वाचनका बेला सुन्दर सुगन्धित महानगर बनाउने उद्घोष गरेका बालेन्द्रका अगाडी अहिले महानगरका चोक चोकमा फोहोरको डंगुर देखा परेको छ ।

काठमाडौंमा बालेन्द्रलाई मतदान गरेका मतदाताहरु यतिखेर नाक समाएर हिड्नुपर्ने बाध्यता भएको छ । राजधानी बासीले यतिखेर सुन्दर नभएर फोहोरको डंगुर सुगन्धित नभएर दुर्गन्धित खेप्नु परेको छ ।

No description available.

गएको केही दिन देखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । काठमाडौंको मुटु मानिने पुतली सडक, न्यूरोड, नयाँ बानेश्वर लगायत दर्गनौं ठाउँमा फोहोरको थुप्रो लागेको छ ।

पर्यटकीय बजार ठमेलमा पर्यटक नाक थुनेर हिड्न बाध्य छन् । यसले गर्दा देशकै बदनामी भएको छ । प्रसिद्ध धार्मिक स्थल पशुपतिको दर्शन गर्न भारतबाट आएका तिर्थालुले समेत टिका टिप्पणी गरेका छन् ।

मौसमले साथ दिएका कारण दुर्गन्ध फैलन पाएको छैन । मौसम घाम लागेको अवस्था भए अहिलेसम्म राजधानीमा महामारी फैलिसक्ने कुरा चिकित्सक बताउछन् ।

दलका नेता प्रतिको वितृष्णा र बालेन्द्र प्रतिको आशामा मतदान गरेका मतदाताहरु महिना दिन नपुग्दै निरासा मान्न थालेका छन् ।

घरका बाबु आमालाई दबाब दिएर बालेन्द्रलाई मतदान गर्न बाध्ये पारेका उमेरमुखी युवाहरुको चाहाना बालेन्द्रले कति पूरा गर्ने हुन त्यो भने भविष्यले देखाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.