मेयर कपको पहिलो खेलमा क–कसको हुँदैछ भिडन्त !

रिपोर्ट नेपाल | 2019 Jan 14 | 07:39 pm 1834

दाङ, पुस ३० :  दोस्रो घोराही मेयर कप रनिङ फुटबल प्रतियोगीता २०७५ मा पहिलो उद्घाटन खेल माघ ४ गते हुने भएको छ ।
बिहान ११ बजेदेखि घोराही उपमहानगरपालिकाको कार्यालयबाट सुरु हुने प्रभातफेरि कार्यक्रमसहित खेल उद्घाटन हुने भएको छ।

उद्घाटन खेल माघ ४ गते दिउसो २ बजे भरतपुर खेलमैदानमा संचालन गरिने छ । पहिलो खेल वडा नम्बर १६ र ७ बीच प्रतिस्प्रधा हुने सूचना जारी गरिएको छ । घोराही उपमहानगरका सबै वडाको सहभागीता रहने प्रतियोगीतामा पहिलो हुने वडा फुटबल टीमले एक लाख नगद, रनिङ कप, प्रमाणपत्र र मेडल पाउने छन् ।

यस्तै दोस्रो हुने टीमले ५० हजार नगद, आकर्षक कप, प्रमाण पत्र र मेडल प्राप्त गर्ने घोराही उपमहानगरपालिकाले जनाएको छ । घोराही उपमहानगरले दोस्रो पटक गर्न लागेको प्रतियोगीतामा अनुशासित हुने वडा फुटबल टीमले कप र प्रमाणपत्र प्राप्त गर्ने साथै विभिन्न विद्यामा आकर्षक नगद तथा सम्मान पत्र खेलाडीहरुले प्राप्त गर्ने छन् ।

माघ १४ गतेसम्म हुने प्रतियोगीता चरणमा नकआउट चरणमा प्रतिष्पर्धा गराउने आयोजकले जनाएको छ । कुल १८ वटा प्रतिष्पर्धा मार्फत् बिजेता र उपबिजेता हुने छन् ।

यसैबीच प्रतियोगिता सफल बनाउनका लागि बनेको खेल समितिका संयोजक तथा वडाध्यक्ष भरत अर्यालको संयोकत्वमा खेल तालिका प्रकाशित गरिएको छ । प्रतियोगिता अवलोकन गर्न उपमहानगरले सबैमा आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.