काठमाडौँ, आश्विन ०६ / वारेन्ट जारी भएको चारदिनसम्म घरबाट बाहिर ननिस्किएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेर पक्राउ गरेको हो।
पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले निगरानी बढाएपछि प्रसाईं बाहिर निस्किएका थिएनन् । साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोली घरमै पुगेर पक्राउ गरेको हो ।
उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ । प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि प्रसाईंका समर्थकहरुले हुलहुज्जत गरेको बताईएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो । गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो ।