मेट्रो वानमा रविन्द्र धानुक

| 2022 Jun 07 | 01:16 pm 3321

काठमाडौं, जेठ २४ः प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड गर्न प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकलाई खटाएको छ ।

२०४९ चैत महिनामा प्रहरी निरीक्षकका रुपमा प्रहरी सेवामा प्रवेश गरेका धानुक अब्बल अधिकृतका रुपमा परिचित छन् । उपत्यकाको ललितपुर र काठमाडौंको कमाण्ड सम्हाली सकेका धानुक यसरी मेट्रोमा कमाण्ड गर्ने पहिलो प्रहरी अधिकृत हुन् ।

लुम्बिनी प्रदेशको कमाण्ड गरिसकेका एआइजी धानुक अपराध महाशाखामा कार्यरत रहँदा ठूला ठूला घटनाको सफल अनुसन्धान गर्ने व्यक्ति हुन् ।

काठमाडौं र ललितपुर परिसरको कमाण्डर रहँदा थुप्रै सफल अनुसन्धान गरी त्यहाँको शान्ति सुरक्षा र अमनचयन गराउन सफल अधिकृत हुन् । लगभग उपत्यकाको विषयमा राम्रोसँग ज्ञान भएका धानुकले मेट्रो सम्हाल्दै गर्दा उपत्यकाको शान्ति सुरक्षामा थप मजबुद हुने आशा गरीएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.