झापा, फागुन ५: मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिमाणमा चाँदी र तामाको सरसामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौं महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएकको हो ।
उनीहरुको साथबाट ११ केजी ९ सय ग्राम चाँदी र २१ केजी बराबरको तामाका सामान बरामद गरेको थियो । बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको बताइएको छ ।