मेचीपुल र सडक निर्माण सम्पन्नताले बल्ल भद्रपुरबासीको चाहना पूरा

रिपोर्ट नेपाल | 2021 Jun 16 | 04:56 pm 2945

झापा, असार २ः झापाको सदरमुकाम एवम् पुरानो भद्रपुर बजारबाट भारतको रेलवे स्टेशन गलगलिया जोड्ने सीमा नदी मेचीमा नेपाल सरकारको तर्फबाट पक्की पुल निर्माण सम्पन्नपछि बल्ल आएर भद्रपुर र भारतीय सीमा बजार जोड्ने सडकमा डबल लेन पक्की सडक निर्माण कार्य पूरा भएको छ ।

वर्षाैं पुरानो भद्रपुर बासीको चाहना दुबै देशबीच पक्की पुल र सहज यातायातको व्यवस्था चाहनेहरुको सपना यस पटक पूरा भएको छ ।

सो सम्बन्धी समाचार भद्रपुर स्थित आँखा डटकम नामक सहयोगी अनलाइन समाचारबाट हामीले यहाँ राखेका छौं । सम्पादक

भद्रपुरस्थित सिमान्त मेची नदीको पक्की पुल भएर गलगलियासम्म आउन जानको लागि पहुँच सडकको निर्माण भएको छ । नेपालले ३ बर्ष अघि मेची नदीमा पक्की पुल बनाएपनि भारतको गलगलियाबाट पुलसम्म आउने पहुँच सडक नहुँदा पुलबाट आउन जान ठूलो समस्या थियो । भारत , बिहार सरकारले पहँच सडक निर्माण सम्पन्न भएको हो ।

गलगलियाको सीमान्त क्षेत्रबाट करीब ६ सय ५० मिटर लम्बाईको डबल लेनको पक्की सडक र सो सडकमा पर्ने करीब ३० मिटरको पक्की पुल पनि निर्माण सम्पन्न भएपछि अब भारतबाट मेची पुलसम्म आउन र नेपालबाट भारत जाँदा हुने समस्याको समाधान भएको छ ।

पुलसम्मै करीब साढे आठ करोडको लागतमा कालोपत्रे सडक सहितको सानो पुल पनि बनेकोले अब यातायातमा सहज भएको  गलगलियाका पुर्व मुखिया गणेश रायले वताउनु भएको छ ।

नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीका अनुसार नेपालमा बनेको मेची पुलसम्मै विहार सरकारलाई पक्की सडक बनाउन लगाउने काममा भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठको सशक्त पहल रहेको थियो ।

त्यसैगरी प्रदेश सांसद ओमप्रकाश सरावगीका साथै उद्योग संघ भापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुरका पूर्व प्रमुख भारतेन्दु मल्लिक, उद्योग संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, मेचि क्याम्पसका पूर्व प्रमुख तथा नागरिक एफ एमका प्रवन्ध निर्देशक चिन्तामणी दाहाल लगायतको पहलमा यो सडक बनेको बताइएको छ ।

पहुँच सडक बनेसँग अब भद्रपुरबाट बारै महिना मेची पुल हुँदै भारत आउजाउमा सहज हुने, बन्द व्यापार बढ्ने र भद्रपुरको विकासमा सहयोग पुग्नुका साथै भारतीय सीमान्त क्षेत्रका जनताको आर्थिक उन्नति पनि हुने आर्थिक विश्लेषकको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.