मृत अवस्थामा चितुवा फेला

रिपोर्ट नेपाल | 2021 Jan 23 | 05:00 pm 3173

दाङ, माघ १०ः देउखुरीको जङ्गलमा एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । लमहीको अजम्मरी सामुदायीक वन क्षेत्रमा दाउरा लिन गएका स्थानीयले देखेपछी वन कार्यालयलाई खबर गरेका थिए ।

उक्त चितुवा गलि सकेकोले केहि दिनअघि चितुवा मरेको अनुमान गरिएको छ । चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ ।

जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुन सक्ने अनुमान गरिएको छ । मृत फेला परेको चितुवालाई पोष्ट मार्टम गरी व्यवस्थापन गरिने सहायक वन अधिकृत पुरण चौधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.