मूल्य वृद्धि फिर्ताको माग गर्दे आयल निगमको मूल गेटमा नेविसंघको धर्ना

| 2018 Jun 22 | 04:38 pm 6599

काठमाडौं, असार ८ :  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलिय आयल निगमको मूल गेटमै धर्ना दिएका छन् । नेवि संघले शुक्रबार पेट्रोलिय पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ताको माग राख्दै धर्ना दिएका हुन् ।

मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेवि संघले शु नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्य वृद्धि फिर्ता नभएसम्म सरकार विरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ ।

निगमको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गरेका संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जनताको दैनिक उपभोग्य बस्तुमा बढाइएको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.