मुस्ताङमा साईबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

| 2023 Nov 09 | 06:20 pm 497

मुस्ताङ, कार्तिक २३ ।  जिल्ला प्रशासन कार्यालय मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा साईबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मुस्ताङ घारपझोङ गाउँपालिका वडा नं. ४ जोमसोम स्थित श्री जनहित माध्यमिक विद्यालयको हलमा  विद्यालयका प्रधानाध्यापक श्री रामचन्द्र अधिकारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी श्री जनकराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले साईबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको प्रस्तुतिकरण गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी गरी जम्मा ६० (साठी) जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले  साइवर अपराध सम्बन्धमा आफ्नो धारणा राख्नु भएको र उक्त कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बहादुर बि.क.ले गर्नु भएको ।

सो कार्यक्रममा बिद्यालयका प्रमुखले आफ्ना धारणा राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.