काठमाडौं, जेठ २७: पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै जुलुस निकालीरहेको नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता शनिबार साँझ प्रहरीले लाठीचार्ज गरेको छ ।
लामो समयदेखि मुल्यवृद्धिको विरोध गर्दै विभिन्न चरणबद्ध आन्दोलन गरिरहेको नेविसंघमाथि पुतलीसडकमा घेरा हालेर प्रहरी निर्ममतापूर्वक लाठिचार्ज गरेको नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले बताएका छन् ।
पुर्वनिर्धारित कार्यक्रम अनुसार पद्मकन्या क्याम्पसबाट रत्नपार्कसम्म मसाल जुलुस प्रदर्शन गरिएको थियो । कार्यक्रम समापन गरेर फर्कने क्रममा प्रहरीले लाठिचार्ज गर्दा नेविसंघ शंकरदेव क्याम्पसका विद्यार्थी नेता टिका भण्डारी र आरआर क्याम्पसका नेता सञ्जिव ढकाल गम्भिर घाइते भएका छन् ।
उनिहरुको काठमाडौं मोडेल अस्पतालको बेड नम्बर ३२८ र ३२९ मा उपचार भइरहेको छ । नेता ढकालको हात भाँचिएको छ भने भण्डारीको हात र छातिमा चोट लागेको बताइएको छ । घाइते नेताहरुलार्इ भेट गर्न आइतबार बिहान नेपाली कांग्रेसका नेता गगन थापा र प्रदिप पौडेल अस्पताल पुगेका थिए ।