मुद्दा कमजोर बनाउन गिरोहको अफवाह

| 2023 May 24 | 02:21 pm 1609

काठमाडौं, जेठ १०ः नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुद्दाको अनुसन्धान भइरहेका बेला एउटा गिरोह अनावश्यक फण्डा चलाउँदै आएको छ । करोडौं असुली गरेको प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरको नाम जोडेर अफवाह फैलाएर मुद्दा कमजोर बनाउने र आफ्नो स्वार्थसिद्धका लागि एउटा गिरोह हात धोएर लागि परेको छ ।

शरणार्थी प्रकरणका नाइके मध्येका केशब दुलालको मोबाइलबाट तत्कालिन गृह सचिव टेक नारायण पाण्डेसँग भएको भाइबर च्याट अनुसन्धानका क्रममा फेला परेको थियो ।

कुँवरसँग दुलालको कुरा भएको अफवाह बाहिर फैलाए पनि त्यसको प्रमाण कतै फेला पर्न सकेको छैन । यो अफवाह प्रहरीकै स्वार्थी समुहबाट फैलाइएको हुन सक्ने अनुमान कैयौं सिनियर प्रहरी अधिकृतको छ ।

प्रहरीलाई भुटानी प्रकरणमा निर्धक्क अनुसन्धान गर्न निर्देशन दिएका महानिरीक्षक कुँवरको नामको कार्ड फालिदिएपछि मुद्दा कमजोर बनाइएला र गिरोहले उन्मुक्ति पाउला भनेर अमेरिका तय भएको पहिलो भ्रमण रद्ध गरेर बसेका कुँवरका विषयमा हल्ला पिटाइनुको पछाडि रहस्यमय षडयन्त्र भएको हुनुपर्छ ।

प्रहरी बरिष्ठ उपरीक्षक रहँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रुपमा रहेकै बेला ठगी प्रकरण बारे पीडितको उजुरी परेको थियो । राजनीतिक तिब्र दबावका कारण मसिनो सँग अनुसन्धान गर्न नपाउँदै बढुवा भएर कुँवर जनकपुर गएका थिए ।

यतिखेर आफू महानिरीक्षक भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको समर्थन र निर्देशन पछि अनुसन्धान अघि बढाएको कुरालाई बङ्गाएर बजारमा हल्ला पिटाइएको छ । बजारमा जति हल्ला पिटाए पनि नखाएको विष नलाग्नेमा कुँवर ढुक्क छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.