मुटुको समस्याले धरै युवाको अकालमै ज्यान गयोः नेता थापा

रिपोर्ट नेपाल | 2018 Sep 29 | 01:22 pm 1969

काठमाडौँ, असोज १३ : उमेर बृद्धि भएसँगसँगै विभिन्न किसिमका मुटु सम्बन्धि रोगहरुको समस्याहरु उत्पन्न हुने भएको कारण पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका लोकप्रिय नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन् ।

आज शनिबार विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नंम्बर ४ सांसदको कार्यालयद्वारा आयोजित काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथनपछि कोणसभालाई सम्बोधन गर्दै थापाले खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको बताए।

आम नागरिकको जीवन र स्वास्थ्यका बारेमा सरकारको पनि जिम्मेवारी त अनिवार्य छ, तर, जिम्मेवारीको ८० प्रतिशत भने नागरिक आफैँले गर्ने पर्ने बताए । थापाले मुलुकको समृद्धिका यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै सुरु हुने जनाए ।

स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै थापाले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.