मुग्लिङ-नारायणगढ सडक एकतर्फी खुल्यो

| 2023 Aug 08 | 12:04 pm 1845

चितवन, साउन २३ । गएराती परेको अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको मुग्लिङ-नारायणगढ सडक खण्ड एकतर्फी सवारी साधन संचालन भएको छ ।

म‌ंगलबार विहानै इच्छाकामना गाउँपालिकाको कालीखाेला आसपासका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो  । सवारी साधनको अत्यधिक चाँपका कारण केही समय गाडीलाई रोकेर पहिरो पन्छ्याइएको थियो ।

माैसम सफा भएमा अबको २ घण्टा पछि दुइतर्फी यातायात सुचारु गर्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.