काठमाडौँ १९ पुष / मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का गएको छ ।
लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।
हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ । पुस यता मात्रै नेपालमा ३ म्याग्निच्युडमाथिका १० भूकम्प गएका छन् ।
कुनै ठूलो क्षति वा जनधनको क्षतिको जानकारी हालसम्म प्राप्त भएको छैन। भूकम्पप्रति सधैं सतर्क रहनु, आपत्कालीन तयारी र सुरक्षित स्थानमा जाने उपायहरूको पूर्वतयारी गर्न विज्ञहरूले सुझाएका छन्।