मुख्यमन्त्री राईद्वारा ल्होसार र चाक्चाकुर पर्वको शुभकामना

रिपोर्ट नेपाल | 2019 Dec 31 | 01:18 pm 1934

विराटनगर, पुस १५ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु तथा कुलुङ समुदायलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज जारी गरेका शुभकामना सन्देशमा उनले नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन्र ।

मुख्यमन्त्री राईले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री राईले जारी गरेका शुभकामना सन्देशमा किराँत कुलुङ जातिको मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख छ । उनले सन्देशमा चाडले आफ्नो धर्म संस्कति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्ररित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री राईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका जनाउँदै विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.